Logo
Logo

ललितपुरमा एकै परिवारका चारसहित थप ६ जनाको शव भेटियो (नामसहित)


693
Shares

काठमाडौं । ललितपुरमा बाढीपहिरोमा परी बेपत्ता भएका थप ६ जनाको शव भेटिएको छ । । आज बिहान ८ बजेसम्म बाढी तथा पहिरोमा परी हराएका थप ६ जनाको शव भेटिएको हो । जसमा एकै परिवारका चार जना रहेको ललितपुर प्रहरीले जानकारी दिएको छ ।

ललितपुरको महांकाल गाउँपालिका–२, ठोस्ने खोला बस्ने वर्ष ४० की राममाया स्याङ्तान, उनका छोरा वर्ष १४ का अजय स्याङ्तान, अर्को छोरा वर्ष ११ का सुवास स्याङ्तान र छोरी वर्ष ९ कि सलिना स्याङ्तानको शव भेटिएको हो । उनीहरू एकै परिवारका हुन् ।

यसैगरी ललितपुरको महांकाल गाउँपालिका–२, लक्ष्यबास बस्ने वर्ष ९ का आयुष स्याङ्तान र ललितपुर महांकाल गाउँपालिका–३, गोटीखेल बस्ने ईश्वर तिमल्सिनाको पनि शव भेटिएको प्रहरीले जानकारी दिएको छ । थप ६ शव भेटिएसँगै ललितपुरमा बाढीपहिरोमा परेर मृत्यु हुनेको संख्या ४० पुगेको छ ।

प्रहरीका अनुसार बाढीपहिरोमा परेका अझै १० जना फेला पर्न बाँकी छन् । यसअघि ७ जना मात्र बेपत्ता भनिएकामा थप ३ जनाको नाम आएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्