Logo
Logo

कीर्तिपुरमा बाढीले बगाउँदा एक जनाको मृत्यु


2k
Shares

काठमाडौं । कीर्तिपुरमा वर्षासँगै आएको बाढीले बगाउँदा एकजनाको मृत्यु भएको छ । आज बिहान ढलको पानी मिलाउन गएका मच्छेगाउँ बसपार्क नजिकका सर्दय लामाको बाढीले बगाएर मृत्यु भएको हो । कीर्तिपुर प्रहरीले बाढीले बगाएका लामाको उद्दार गर्दा मृत्यु भइसकेको बताएको छ ।

कीर्तिपुरकै कीर्तिबिहारनजिकको खोलामा परेर बिहीबार एकजना बेपत्ता छन् । प्रह्लाद महर्जन बेपत्ता भएका कीर्तिपुर प्रहरीले जनाएको छ । उनको खोजी जारी छ ।

प्रतिक्रिया दिनुहोस्