Logo
Logo

बाढीपहिरोबाट १७ हजार बढीको सकुशल उद्धार, कुन प्रदेशमा कति ?


315
Shares

काठमाडौं । गृह मन्त्रालयले बाढी, पहिरो र डुवान लगायत प्राकृतिक विपद्मा परेका १७ हजारभन्दा बढीको सकुशल उद्धार गरिएको बताएको छ । गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले विपद्मा खोज उद्धारमा खटिएको नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र स्वयंसेवकहरुबाट गरी बिहीबार बिहानसम्म १७ हजार हजार १ सय २० जनाको सकुशल उद्धार गरिएको जानकारी दिएका हुन् ।

बाढीपहिरो तथा डुबानमा बेपत्ता परेका २२ जनाको खोजी कार्य जारी रहेको बताउँदै उनले विपद्का घटनामा परी मुलुकभर घाइते भएका १ सय ६९ जनाको विभिन्न अस्पतालहरुमा निःशुल्क उपचारको प्रवन्ध मिलाइएको बताए ।

गृह मन्त्रालयका अनुसार हालसम्म काठमाडौं उपत्यकाबाट २ हजार १ सय ५८ जना, कोशी प्रदेशबाट ९० जना, मधेश प्रदेशबाट ३५ जना, सबैभन्दा बढी बागमती प्रदेशबाट १३ हजार ६ सय ४० जनाको उद्धार गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्