काठमाडौँ । सोनी सिन्धु रानीले पति जनमत पार्टीका अध्यक्ष डा. सीके राउतसँग सम्बन्ध विच्छेद गर्न अस्वीकार गरेका छन् । रानीले सम्बन्ध विच्छेदको मुद्दा खारेजीको माग गर्दै पति राउतको स्वास्थ्य जाँचका लागि माग गरेका छन् ।

स्रोतका अनुसार सोनीले ललितपुर जिल्ला अदालतमा प्रतिउत्तरमार्फत सोनीले सो माग गरेका हुन् । उनले विपक्षीले सम्बन्ध विच्छेदको माग गरे पनि आफ्नो मञ्जुरी नरहेकाले बदरको माग गरेका छन् ।
पतिले सम्बन्ध विच्छेद गर्न सक्ने कानुनी व्यवस्था मुलुकी देवानी संहितामा उल्लेखित आधार विपरीत कुनै पनि कार्य आफूले नगरेको दाबी उनले प्रतिउत्तरमा गरेका छन् ।
अध्यक्ष राउतले भदौ १२ गते सोनीविरुद्ध अंशसहितको सम्बन्ध विच्छेदको मुद्दा ललितपुर जिल्ला अदालतमा दायर गरेका थिए ।














