Logo
Logo

प्रधानमन्त्री ओलीद्वारा नेपालमा लगानी गर्न अन्तराष्ट्रिय लगानीकर्तालाई आह्वान


- दृष्टि न्युज/संवाददाता


स्वीजरल्याण्ड, १० माघ ।

विश्व आर्थिक मञ्चको डाभोसमा भइरहेको सम्मेलनमा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा राजनीतिक रूपमा स्थिर सरकार रहेको र विकासको गतिमा द्रूत रुपमा अघि बढिरहेको दाबी गर्दै अन्तराष्ट्रियय लगानीकर्ताहरुलाई लगानी गर्न आव्हान गरेका छन्।


दक्षिण एशियामा रणनीतिक परिदृष्य विषयको अन्तर्क्िरया कार्यक्रममा बोल्दै ओलीले रेल र जहाजको पनि चर्चा गरे। भारत र चीनलाई जोड्न रेल र जलमार्गको सञ्चालन प्रयास भैरहेको बताउँदै उनले समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्य साकार पार्न सरकार लागि परेको बताए।
क्षेत्रीय र अन्तराििष्ट्रय संस्थासँग सुमधुर सम्बन्ध बनेको र सो मामिलामा आफ्नो भूमिका बढाउन क्रियाशील रहेको पनि प्रधानमन्त्रीको भनाइ थियो।

प्रधानमन्त्री ओलीले भविष्यका पुस्ताप्रति सन्तुलित, सचेत र जिम्मेवारपूर्ण विकासका प्रयास गरिरहेको बताउँदै राजनीतिक स्थायित्व एवं नीतिगत स्पष्टतासहित वैदेशिक लगानी भित्र्याउन तल्लीन रहेको उल्लेख गरे।

नेपालले सामाजिक र आर्थिक रुपमा द्रुत गतिमा परिवर्तन र विकास गरिरहेको जानकारी दिँदै छिमेकीका साथै क्षेत्रीय तथा अन्तर्रा्ष्ट्रिय संस्थासँग सुमधुर सम्बन्ध कायम गर्दै विकास–निर्माणको मार्गमा अग्रसर भएको बताए।

नेपालले नयाँ लोकतान्त्रिक गणतन्त्रात्मक शासन पद्धति अङ्गीकार गरी नयाँ संविधानअनुसार नयाँ कानून बनाइरहेको बताउँदै संविधानलाई कार्यान्वयनका निम्ति संरचनागत परिवर्तन गरिरहेको उल्लेख गरे। उनले भने, ‘‘नेपालले अब विकासका लागि धेरै प्रतीक्षा गर्नसक्ने अवस्था छैन ।’’

‘समृद्ध नेपाल तथा सुखी नेपाली’को लक्ष्य साकार पार्न वर्तमान सरकारले आफ्ना प्रयास आर्थिक विकास तथा सुशासनमा केन्द्रित गरेको जानकारी दिँदै प्रधानमन्त्रीले नेपाली जनताका विकासका आकाङ्क्षा कार्यान्वयन गर्न ध्यान केन्द्रित गरेको बताउए। नेपालले नयाँ नीतिका साथ आर्थिक तथा सामाजिक क्षेत्रमा सुधार गरिरहेको उनले उल्लेख गरे।

महिला सशक्तीकरण, न्याय तथा समानता, सामाजिक न्यायको प्रवद्र्धनसँगसँगै समाजका सबै क्षेत्रमा सुधार गरिरहेको जानकारी दिँदै प्रधानमन्त्री ओलीले मानव सूचकाङ्कका दृष्टिले पछिपरेका समाजको उन्नयनलाई महत्वका साथ अघि बढाएको बताए। “हामी नयाँ परिस्थितिमा प्रवेश गरेका छौँ जसले हामीलाई आशावादी बनाएको छ, हामीले क्षेत्रीय तथा अन्तर्रा्ष्ट्रिय मामिलामा आफ्नो भूमिका बढाउन सकेसम्म प्रयास गरिहेका छौँ’’, उनले भने।

प्रतिक्रिया दिनुहोस्