काठमाडौं । उसु थाउलो विश्वकप २०२४ मा नेपाली खेलाडी विजय सिंजालीले कांस्य पदक जितेका छन् । जापानमा भइरहेको थाउलो विश्वकप अन्तर्गत आइतबार बिहान भएको छेन्सुतर्फको विधामा विजयले ९.६३६ अंक स्कोर गर्दै कांस्य पदक जितेका हुन् ।
मलेसियाका वेङ सन वोङले ९.७७३ अंक जोड्दै स्वर्ण पदक जिते भने तथा घरेलु खेलाडी मोटोयोशी अराकीले ९.७६६ अंकसहित रजत जिते । कूल ९ खेलाडीबीच भएको प्रतिस्पर्धाकम विजयले उनले अमेरिका, मेक्सिको लगायत देशका ६ खेलाडीलाई पछि पार्दै तेस्रो स्थान हासिल गरेका हुन् ।
थाउलो विश्वकपमा नेपालबाट विजयसहित ५ खेलाडी सहभागी छन् । विजयसँगै निमा घर्तिमगर, दीपक हमाल, पासाङ शेर्पा र राजीव तामाङ सहभागी छन् । तर, हालसम्म विजयले मात्र पदक जितेका छन् ।