Logo
Logo

स्ट्यान्डर्ड चार्टर्डको साढे १७ प्रतिशत नगद लाभांश पारित


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंकले १७ दशमलव ५० प्रतिशत नगद लाभांश दिने भएको छ । बैंकको सोमबार सम्पन्न ३२औँ वार्षिक साधारणसभाले सो प्रस्ताव पारित गरेको हो । बैंकका अध्यक्ष जितेन्द्र अरोडाको अध्यक्षतामा सम्पन्न सभाले बैंकका आर्थिकलगायत विभिन्न विवरणसमेत पारित गरेको छ ।
बैंकले आर्थिक वर्ष २०७४÷७५ मा २ अर्ब १९ करोड खुद नाफा र ३ अर्ब ३५ करोड सञ्चालन मुनाफा आर्जन गरेको सो अवसरमा जानकारी दिइयो ।

प्रतिक्रिया दिनुहोस्