काठमाडौं । जारी साफ महिला च्याम्पियनसीपको फाइनलमा नेपाल र बंगलादेशबीच कडा टक्कर चलेको छ ।

दशरथ रंगशालामा जारी खेलमा बंगलादेशले अग्रता लिएको ४ मिनेटमै नेपालले बराबरी गोल फर्काएको हो । नेपालकी अमिशा कार्कीले गोल गरेकी हुन् ।
यसअघि बंगलादेशले खेलको ५१औं मिनेटमा गोल गर्दै अग्रता लिएको थियो । नेपाल र बंगलादेशबीच अहिले १-१ गोल बराबरीमा खेल भइरहेको छ ।









