काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले पछिल्लो समय कर्मचारी सरुवालाई प्राथमिकता दिन थालेका छन् । स्वास्थ्य सेवा विभागका महानिर्देशक र केही निर्देशकहरुको सरुवा गरेर विश्राम लिएका मन्त्री पौडेलले तिहारलगत्तै पुनः पँजनीको सुरुवात गरेका छन् ।
आयुर्वेद विभागका महानिर्देशक डा. प्रदीप केसीलाई सिंहदरबार बैद्यखानामा केन्द्रित गरिएको छ । केसीले सिंहदरबार र आयुर्वेद विभाग दुबैतिरको जिम्मेवारी सम्हाल्दैआएका थिए । ११ तहका केसी आफ्नो विकल्प कोही नभएको ठानिरहेका थिए । तर लामो समयदेखि महानिर्देशक बन्ने कसरतमा लागिरहेका डा. श्यामबाबु यादवले केसीलाई विस्थापित गरेका छन् ।
विभागको महानिर्देशकमा रहँदा सचिवालयमा कर्मचारी पनि नराखी आफैंले तालाचावी खोल्दैआएका केसी अकुपंचरका चिकित्सक हुन् । चिनियाँ उपचार पद्धति अकुपंचरका डाक्टरलाई एकीकृत चिकित्साका नाममा आयुर्वेद विभागको महानिर्देशक बनाएको भन्दै कविराजहरुले बिरोध गरेका थिए । अकुपंचरका जानकारहरु पछिल्लो समय आकर्षक पद पाउन चिकित्सकको रुपमा चिनाउने गर्दछन् ।
सय बर्षको इतिहास बोकेको सिंहदरबार बैद्यखानाको समेत जिम्मेवारी दिएपछि त झन् केसीको चर्को बिरोध हुँदैआएको थियो । नरदेवी औषधालयको प्रमुख हुँदै सिंहदरबार वैद्यखानाको प्रमुख र आयुर्वेद विभागको महानिर्देशक बन्न सफल भइसकेका केसीकी पत्नी डा. जया सत्याल नरदेवी चिकित्सालयमा कार्यरत छिन् ।
सप्लायर्समार्फत् अख्तियारका आयुक्त जयबहादुर चन्दलाई मिलाएका कारण चौरसियामाथि कुनै कारबाही नभएको हो । अझ उनीमाथि अकूत सम्पत्तिमा समेत उजुरी परेको २ बर्ष बितिसक्दा पनि आयुक्त चन्दसँगको सेटिङका कारण गहन अनुसन्धान नभई तामेलीमा राख्ने प्रक्रिया अगाडि बढाउन आयुक्त चन्द लागेको आरोप छ ।
मन्त्री पौडेलले आयुर्वेद विभाग र स्वास्थ्य सेवा विभागको महानिर्देशक परिवर्तन गरे पनि औषधि ब्यवस्था विभागका महानिर्देशक नारायण ढकालको भने पौडेल मन्त्री रहुन्जेल सरुवा नहुने निश्चित जस्तै भएको छ ।
कांग्रेसका स्याङ्जाली सांसद राजु थापामार्फत् पूर्वस्वास्थ्य मन्त्री गगनकुमार थापासँग सेटिङ गरी ढकाल टिक्न सफल भएका छन् ।
पौडेल महामन्त्री गगन थापाकै कोटाबाट मन्त्री भएकाले ठूला नियुक्ति र सरुवाको सूची थापानिवास रातोपुलमा बन्ने गरेको छ । ढकालले आफ्नो मात्र होइन, आफूनिकट विभागका कर्मचारीको समेत थमौती गराएर विभागको काममा चर्को सेटिङ गर्दैआएका छन् । औषधिको मूल्यवृद्धि, इजाजत, विदेशी औषधि कम्पनीको इजाजत र निरीक्षणमा पठाउँदा समेत ठूलो आर्थिक चलखेल गर्दैआएका छन् ।
दुई महानिर्देशक र केही कर्मचारीको सरुवा गरेका मन्त्री पौडेलले अरबौंको औषधि उपकरण खरिद गर्ने आपूर्ति शाखाका निर्देशक डा. सुरेन्द्र चौरसियालाई भने यथावत राखेका छन् ।
पछिल्लो समय तीन बर्षदेखि सो शाखाको प्रमुख रहेका चौरसियालाई सरुवा गर्ने हल्ला चलाएर करोडौंको डिल गरी थमौती गरिएको स्रोतको दाबी छ । स्रोतका अनुसार चौरसियाले शाखामार्फत् भएका कामका दर्जनौं उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा छन् । आयोगले ती उजुरीमाथि छानबिन गरिरहे पनि चौरसियाबिरुद्ध मुद्दा दर्ता गर्ने तहसम्म पुगेको छैन ।
स्रोत भन्छ– सप्लायर्समार्फत् अख्तियारका आयुक्त जयबहादुर चन्दलाई मिलाएका कारण चौरसियामाथि कुनै कारबाही नभएको हो । अझ उनीमाथि अकूत सम्पत्तिमा समेत उजुरी परेको २ बर्ष बितिसक्दा पनि आयुक्त चन्दसँगको सेटिङका कारण गहन अनुसन्धान नभई तामेलीमा राख्ने प्रक्रिया अगाडि बढाउन आयुक्त चन्द लागेको आरोप छ ।