Logo
Logo

गौतमबुद्ध  अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान  हुन्छ : पर्यटनमन्त्री


252
Shares


रूपन्देही । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले व्यवसायिहरूले आशङ्का गरेपछि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले अन्तर्राष्ट्रिय उडान नरोकिने प्रतिबद्धता जनाएका छन् ।

सिद्धार्थ उद्योग वाणिज्य सङ्घ रूपन्देहीद्वारा शनिबार भैरहवामा आयोजित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दिगो सञ्चालन सम्बन्धी अन्तरक्रिया कार्यक्रममा मन्त्री पाण्डेले गौतमबुद्ध विमानस्थल सञ्चालनका लागि सरकार प्रतिबद्ध रहेको बताए ।

बुद्ध जन्मस्थल लुम्बिनी समेत नजिकै रहेकाले गौतमबुद्ध विमानस्थल सञ्चालन हुँदा यात्रुलाई पनि सहज हुने मन्त्री पाण्डेयले बताए । उनले विमानस्थल दिगो रूपमा सञ्चालन गर्नका लागि आफू महिनामा २ पटक आउने बताए । 

उद्योगी व्यवसायीलाई आश्वस्त पार्दै  ‘महिनामा २ पटक विमानस्थलकै लागि भैरहवा आउनेछु’ उनले भने । उनले संस्कृति र पर्यटन जोडिएकाले भैरहवाबाटै आफ्नो कार्यकक्ष चलाऔँ भन्नेमा लागेको समेत सुनाए ।

उनले मन्त्री पाण्डेले बुद्ध जन्मस्थल लुम्बिनीलाई नै केन्द्रमा राखेर विमानस्थल सञ्चालन गरिएकाले भैरहवा अब पर्यटनको इपिसेन्टको संज्ञा दिए । उनले विमानस्थलसँग सम्बन्धित श्रम, भिसा, मेडिकल, म्यानपावर कम्पनी लगायतका अत्यावश्यक कार्यालयहरू स्थापनाका लागि साउनमै निर्णय भएको बताउँदै मन्त्री पाण्डेले अब काठमाडौं फर्केर प्रधानमन्त्री स्तरीय बैठक बसि कार्यान्वयन गरिने बताए ।

गौतमबुद्ध विमानस्थलमा नियमित उडान गर्न र लुम्बिनी विकास कोषलाई सुधारका लागि आफू पर्यटनको इपिसेन्टर लुम्बिनी आउने बताए । उनले संस्कृति नरहेको बताउँदै अब नहुने काम हुँदैन भनेर भन्ने संस्कार बनाउनुपर्ने समेत बताए ।  उनले विमानस्थलसँग सम्बन्धित तत्काल गर्नुपर्ने काम र प्राविधिक तथा दीगो रुपमा गर्नुपर्ने कामहरूलाई सूचीबद्ध गरेर गर्ने समेत बताए । उनले भैरहवाको विमानस्थल सञ्चालन हुँने वित्तिकै पोखरा पनि चल्ने विश्वास दिलाए ।

कार्यक्रममा संविधानसभा सदस्य तथा लुम्बिनी विकास कोषका उपाध्यक्ष डा। ल्हारक्याल लामा (खेन्पो छिमे) ले विश्वका डेढ अर्ब बढि बुद्धमार्गीहरुको आस्थाको केन्द्रका रुपमा लुम्बिनी रहेकाले बुद्धिष्ट राष्ट्रहरूबाट नियमित उडान गर्न सके गौतमबुद्ध विमानस्थल चलायमान हुने बताए । उनले आफूले बुद्धिष्ट राष्ट्रका उच्च पदस्थहरुसँग भेटघाटमा विमान चलाउनका लागि आग्रह गरेको बताउँदै यसका लागि मन्त्रिपरिषद् र मन्त्री तहबाट पहल हुनुपर्नेमा जोड दिए ।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकालले सञ्चालन भएको एयरपोर्टलाई चलायमान बनाउन सक्दा पर्यटन प्रवद्वन हुने बताए । उनले निजि क्षेत्रले विमानस्थल चलाउनका लागि सहुलियत दिएर भएपनि दिगो सञ्चालनको वातावरण बनाउनुपर्ने बताए । उनले सरकारलाई श्रम समस्या, भिस्सा सेन्टर, स्वास्थ्य परीक्षण लगायतका संस्थाहरू तुरुन्त भैरहवामा स्थापना गर्न आग्रह गरे ।

यस्तै कार्यक्रममा जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाईले रुपन्देहीका १६ वटै स्थानीय तहरुसँग समन्वय गरेर विमानस्थल दिगो सञ्चालनका लागि आवश्यक वातावरण बनाउन तयार रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्