Logo
Logo

इन्काउन्टरबाट जोगिए पशुपती


- दृष्टि न्युज/संवाददाता



सप्तरी, ११ माघ । नेपाल प्रहरीको मोस्ट वाण्टेड सूचीमा रहेका प्रगतिशील तराई मुक्ती मोर्चा ‘सिजन समूह’का एक नाइके पक्राउ परेका छन् । सप्तरीको खडक नगरपालिका–९ का ४१ वर्षीय पशुपति चौधरीलाई प्रहरीले पक्राउ गरेको हो।


मोर्चामा संलग्न सुरुङ्गा नगरपालिका–६ कडोरवनाका ३५ वर्षीय दिपेन्द्र जैसवाल भन्ने दिपेन्द्र चौधरी मारिएको भोलिपल्टै प्रहरीले पशुपतिलाई सार्वजनिक गरेको छ। उनी भने इन्काउन्टरबाट जोगिएका छन् ।
हबल्दारलाई गोली हान्नेदेखि गस्तिको प्रहरी भ्यानमा एम्बुस थाप्नेसम्मका आपराधिक गतिविधिमा चौधरीको संलग्न रहेको एसपी राजेन्द्र बिष्टले बताए।
माघ २ गते इलाका प्रहरी कार्यालय कल्याणपुरमा कार्यरत प्रहरी हबल्दार महेन्द्र सतरा यादवलाई गोली हानी घाइते, २०७२ सालमा सप्तरीको झुटकी प्रहरी चौकीका असई रेसम सुब्बाको गोली हानी हत्या, २०७४ साउन २१ गते इलाका प्रहरी कार्यालय कडोरवनाको गाडीलाई लक्षित गरी बम विस्फोट, २०७४ असोज २४ गते सुरुङ्गा नगरपालिका–६ स्थित त्रियुगा डिस्ट्रिलरीका सुरक्षा गार्ड नवराज कोइरालाको गोली हानी हत्या लगायतका घटनामा पशुपतिको संलग्नता रहेको प्रहरीको दाबी छ।

पशुपति संलग्न अधिकांश घटनामा प्रहरी कारबाहीमा मारिएका मोर्चाका संयोजक समेत रहेका दिपेन्द्र पनि संलग्न रहेको एसपी बिष्टले बताए।

१० वर्षसम्म नेपाली सेनामा कार्यरत पशुपतिले नै मोर्चाका कार्यकर्तालाई हतियार सम्बन्धी तालिम दिनेदेखि बम तथा एम्बुस तयार गर्नेसम्मका काम गर्दै आएको प्रहरीको भनाइ छ। उनको विषयमा थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्