Logo
Logo

अफगानिस्तानविरुद्ध पहिले बलिङ गर्दै नेपाल


315
Shares

 काठमाडौं । एसीसी अन्डर १९ एसिया कपमा आज नेपालले पहिलो बलिङ गर्ने भएको छ । अफगानिस्तानले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएपछि नेपालले पहिले बलिङ गर्ने भएको हो । यी दुवै टोलीले समूह चरणको आफ्नो अन्तिम खेल खेल्दै छन् ।

यसअघिका दुवै खेलमा पराजित यी दुवै टिम आज एसिया कपमा सान्त्वना जितको खोजीमा हुनेछन् । सन् २०१७ यता नेपालले अफगानिस्तानको अन्डर १९ सँग पाँच पटक प्रतिस्पर्धा गर्दा एक पटक मात्र जित दर्ता गरेको छ । अफगानिस्तानले चार पटक नेपाललाई हराएको छ । जारी एसिया कपमा भने नेपाल र अफगानिस्तान दुवै कमजोर टोली साबित भएका छन् ।

नेपाल र अफगानिस्तान यसअघिका खेलमा बंगलादेश र श्रीलंकासँग पराजित भए । श्रीलंका र बंगलादेश भने सेमिफाइनल पुगिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्