Logo
Logo

आज सुनचाँदीको मूल्य बढ्यो


504
Shares

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनचाँदीको मूल्य बढेको छ । आज छापावाल सुनको मूल्य एक सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ५० हजार ४०० रुपैयाँ कायम भएको हो ।
त्यसअघि हिजो (मंगलबार) सुन प्रतितोला एक लाख ५० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी आज चाँदी पनि तोलामा २० रुपैयाँ बढेको छ । चाँदी प्रतितोला एक हजार ८६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्