Logo
Logo

पोखराले जनकपुरलाई दियो १३९ रनको लक्ष्य


189
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सले जितका लागि जनकपुर बोल्ट्सलाई १ सय ३९ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ३८ रन बनाएको हो ।

नारायण जोशी ५ र विपिन खत्री १ रनमा अविजित रहे । म्याथु क्रिस्टले बनाएको ३५ रन नै पोखराका लागि सर्वाधिक रह्यो । उनले ३० बलमा ३ चौका र १ छक्का प्रहार गर्दा ललित राजवंशीको बलमा अनिल शाहको हातबाट क्याच आउट हुन पुगे ।
माइकल लिस्कले २५ रन थपे । १२ बलमा २५ रन बनाएका लिस्क किशोर महतोको बलमा आशिफ शेखको हातबाट क्याच आउट भए ।

पाचौँ ओभरको अन्तिम बलमा ओपनर आन्द्रेस घोषलाई गुमाएको पोखराले छैटौँ ओभरको पाचौँ बलमा अर्का ओपनर दिनेश खरेललाई गुमाउन पुग्यो । पाचौँ ओभरको अन्तिम बलमा १६ बलमा ३ चौका र १ छक्का प्रहार गरेका उनी ललित राजवंशीको बलमा आशिफ शेखको हातबाट क्याच आउट भए । छैटौँ ओभरको पाचौँ बलमा दिनेश खरेल १० रन बनाउँदै क्याच आउट नै हुन पुगे। रेमोन रेफर १७ रन बनाउँदा जेम्स निसमको बलमा अनिल शाहको हातबाट नै क्याच आउट भए ।

दिलीप नाथले ११ रन बनाउँदा मोहम्मद मोहसिनको बलमा एलबीडब्लु धरापमा परे । कप्तान कुशल भुर्तेल ६ रन बनाउँदै पेभेलियन फर्के । जनकपुरका लागि ललित राजवंशीले ३ विकेट लिए । उनले आफ्नो स्पेलमा ३१ रन खर्चे । जेम्स निसमले २ विकेट झारे। मोहम्मद मोहसिन र किशोर महतोले एक विकेट आफ्नो नाममा गरे ।

प्रतिक्रिया दिनुहोस्