Logo
Logo

एनपीएलमा कर्णाली याक्सको पहिलो जित


693
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णाली एक्सले पहिलो जित हात पारेको छ । शुक्रबार कीर्तिपुरस्थित टियू मैदानमा चितवन रानोजविरुद्ध खेलेको कर्णाली ६ विकेटले विजयी भएको हो ।

चितवनले दिएको १ सय ३१ रनको लक्ष्य कर्णालीले १९.५ ओभरमा ४ विकेट गुमाउदै पूरा गर्यो । कर्णालीका लागि ओपनर शिखर धवनले सर्वाधिक ४६ रन जोडे । उनले ४१ बलमा ४ चौका र १ छक्का प्रहार गरे । लगातार दोस्रो अर्धशतक बनाउन चुकेका धवन जान निकोल लफ्टी इटनको बलमाकट एण्ड बोल्ड भए ।

चाल्डिक वाल्टन रवि बोपाराको बलमा एलबिडब्लु भए । एलबिडब्लु आउट हुनु अघि उनले १९ बलमा ३ छक्काको सहयोगमा ३० रन जोडे । अर्का ओपनर देव खनालले ३४ बलमा १ चौका र १ छक्काको सहयोगमा २५ रनमा आउट भए ।

देव कुशल मल्लको बलमा एलबिडब्लु आउट भए । अन्तिम ओभरमा जितका लागि ९ रन आवश्यक रहेकोमा कर्णालीका अर्जुन घर्तीले ६ तथा जिशान मक्सुदले ४ रन प्रहार गरेर कर्णालीलाई पहिलो जित दिलाए । चितवनका लागि रवि बोपारा, कुशल मल्ल र जान निकोल लफ्टी इटनले समान १ विकेट लिए ।

त्यसअघि टियु मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ३१ रनको सामान्य योगफल तयार गरेको थियो ।

लुम्बिनीका बोपारले सर्वाधिक ५९ रन जोडे । उनले ४० बलमा ७ चौका र १ छक्काका प्रहार गरेका थिए । लिगमा लगातार दोस्रो अर्धशतक बोपाराले ३५ बलमा पूरा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्