
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको दोस्रो खेलमा लुम्बिनी लायन्सले ब्याटिङ गर्ने भएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले टस जितेपछि पोखरा एभेन्जर्सविरुद्ध ब्याटिङ गर्ने निर्णय गरेका हुन् ।
दुवै टोलि आज पहिलो जितको खोजि सहति मैदानमा हुनेछन् । यसअघि पोखरा पहिलो खेलमा चितवन र दोस्रो खेलमा जनकपुरसँग पराजित भएको थियो ।
पहिलो खेलमा विराटनगरसँग पराजित भएको लुम्बिनी दोस्रो खेल खेल्न लागेको हो ।यसअघि आजै बिहान भएको पहिलो खेलमा कर्णालीले चितवनलाई ६ विकेटले पराजित गरेको छ ।














