काठमाडौं । नेपाल पत्रकार महासंघको केन्द्रीय नेतृत्वमा नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालबीच भागबण्डामा सहमति भएको छ । सहमति अनुसार प्रेस चौतारीले अध्यक्ष, महिला उपाध्यक्ष, आदिवासी जनजाति सचिव, कोषाध्यक्ष र लेखा संयोजकसहित २२ सदस्यमा पाएको छ ।

बाँकी पदाधिकारीमा युनियनबाट उम्मेदवारी हुने भएको छ । यस्तै, प्रदेशको नेतृत्वमा पनि भागबण्डा भएको छ । प्रेस चौतारीले जनाएअनुसार कोशी, मधेश, कर्णाली र उपत्यकाको अध्यक्ष चौतारीले लिएको छ भने बागमती, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम, एसोसियट र प्रतिष्ठानको अध्यक्ष युनियनले पाएको छ ।
यस्तै, जिल्ला अध्यक्षहरुमा पनि भागबण्डा भएको छ । जसमा ४५ जिल्ला अध्यक्षमा युनियन र ३२ जिल्ला अध्यक्ष चौतारीले लिएको छ । जिल्लाहरुको संख्या टुंगिएपनि कसले कुन जिल्ला लिने भन्ने टुंगिन बाँकी रहेको बताइको छ । यही २८ मंसिरमा हुने महाधिवेशनका लागि आज मनोनयन दर्ता हुँदैछ ।














