
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । बैठक मंसिर २४ गते बिहान ९ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवासमा बस्ने भएको हो ।
मुख्यसचिव कृष्णप्रसाद पौडेलले सोमबार बिहान ९ बजे सभापतिको निजी निवास बुढानीलकण्ठमा बस्ने गरी बैठक बोलाइएको जानकारी दिए ।
बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको छ ।बैठकमा प्रधानमन्त्रीको चीन भ्रमण, पछिल्ला राजनीतिक घटनाक्रम, स्थानीय तहको उपनिर्वाचनको समीक्षालगायतको विषयमा छलफल हुने जनाइएको छ।














