काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएलमा) कप्तान रोहित पौडेलको बिस्फोटक व्याटिङमा लुम्बिनी लायन्सले पोखरा एभेन्जर्सलाईलाई एक सय ७१ रनको विशाल लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित टीयू मैदानमा टस जितेपछि पहिला ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १७० रन बनाएको हो ।
कप्तान पौडल शतक बनाउनबाट पाँच रनले चुके । अन्तिम बलमा रनआउट हुनुअघि रोहितले ५९ बल खेल्दै १० चौका र ४ छक्का मद्दतमा ९५ रन बनाएका थिए । अन्तिम दुई बल बाँकी छँदा रोहित ९४ रनमा खेलिरहेका थिए ।
तर अन्तिम ओभरको पाँचौ बलमा सिंगल लिएपछि रोहित शतक बनाउने पहिलो खेलाडी बन्नबाट चुके । अन्तिम बलमा ३ रन लिने चक्करमा दौडिएका रोहित रनआउट भए ।
त्यस्तै लुम्बिनीको लागि टोम मुर्सले ४५, सन्दीप जोराले १८ रनको योगदान दिए । विवेक यादव भने दुई रनमा अविजित रहे ।
पोखराका विपिन खत्रीले ३ ओभरमा १८ रन खर्चेर २ विकेट लिए । म्याट क्रिटलेले १ विकेट लिए । अहिले पोरखाले जवाफी व्याटिङ गरिरहेको छ ।














