Logo
Logo

देउवालाई प्रश्न- तपाईंको उत्तराधिकारी गगन थापा हो ?


8.3k
Shares

विराटनगर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा उत्तराधिकारी आफूले घोषणा गरेर नहुने दावी गरेका छन् ।

कोशी प्रदेश सम्मेलनका लागि विराटनगर पुगेका बेला सभापति देउवालाई तपाईंको उत्तराधिकारी गगन थापा हो ? भनी पत्रकारले सोधेको प्रश्नमा देउवाले उत्तराधिकारी आफूले घोषणा गरेर नहुने जवाफ दिएका हुन् ।

तपाईंको उत्तराधिकारी गगन थापा हो ? भनी पत्रकारले सोधेको प्रश्नमा देउवाले भने, ‘उत्तराधिकारी कहाँ घोषणा गरेर हुन्छ ?’

संविधान संशोधनको प्रसंगमा देउवाले उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने गरी संविधान संशोधन गर्न सकिने बताए । ‘उपराष्ट्रपतिको भूमिका छैन । उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउन सकिन्छ कि भन्ने कुरा हो,’ देउवाले भने ।

प्रतिक्रिया दिनुहोस्