Logo
Logo

हेटौंडामा ट्वाइलेटमा लडेर एक बालिकाको मृत्यु


441
Shares

हेटौंडा । मकवानपुरको हेटौंडामा ट्वाइलेटमा लडेर एक बालिकाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका–५ सिँचाइटोलमा बुवासँगै डेरामा बस्दै आएकी महोत्तरी एकडाँडा गाउँपालिका–३ अजमरपटीकी पाँच वर्षीया बालिका सिरिशाकुमारी मण्डलको ्वाइलेटमा लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सिरिशा शुक्रबार राति साढे ९ बजे ट्वाइलेट गएकी थिइन् । उनी ट्वाइलेटमा लडेपछि टाउकोमा चोट लागेको थियो । राति नै हेटौडा अस्पताल पु¥याइए पिन चिकित्सकले मृत घोषणा गरेका थिए । शव हेटौंटा अस्पतालमै राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्