काठमाडौं । योग गुरु विद्यालक्ष्मी श्रेष्ठ सम्मानीत भएकी छन् । कुलेश्वर आवास क्षेत्रमा योग सिकाउँदै आएकी श्रेष्ठलाई शनिबार एक कार्यक्रमबीच पतञ्जली योग समितिले सम्मान गरेको हो ।
श्रेष्ठले आठ वर्षदेखि निरन्तर कुलेश्वर आवास क्षेत्रको तीनकुनेमा योग प्रशिक्षण गराउँदै आएकी छन् । उक्त योग शिविरमा ५० भन्दा बढी सहभागीले नियमित योगाभ्यास गर्दै आएका छन् । जसमध्ये अधिकांश महिला रहेका छन् ।

आज योग गुरु विद्यालक्ष्मी श्रेष्ठलाई सम्मान गर्दै प्रमुख अतिथि राजु दाहाल शर्माले श्रेष्ठको चर्चा गरे । उक्त समारोहमा पतञ्जली योग समितिका तर्फबाट उद्धव तिमिल्सिना, लोकनाथ पोखरेल र ओम वंशलको उपस्थिति थियो भने कुलेश्वर आवास क्षेत्रका पुरातत्वविद् भेषनारायण दाहालको उपस्थिति थियो ।
कार्यक्रममा योग प्रशिक्षकहरु तुलसा दाहाल, कविता बस्नेत, श्यामराजा पौडेल, राधा बस्नेत, माया तामाङ, सरस्वती श्रेष्ठ र सविता श्रेष्ठलाई पनि सम्मान गरिएको थियो ।














