Logo
Logo

एनपीएलमा आज दुई खेल : जितको खोजीमा लुम्बिनी


630
Shares

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछ । त्रिवि मैदान कीर्तिपुरमा बिहान सवा ९ बजे जनकपुर बोल्ट्स र लुम्बिनी लायन्सबीच पहिलो खेल हुनेछ । जनपुर बोल्ट्स यसअघिका तीनै खेलमा विजयी भएको छ भने लुम्बिनी तीनै खेलमा पराजित भएको थियो ।

जनपुरले पहिलो खेलमा विराटनगरलाई ८ विकेटले, दोस्रो खेलमा कर्णालीलाई ८ विकेटले र तेस्रो खेलमा पोखरालाई ७ विकेटले पराजित गरेको थियो । लुम्बिनी पहिलो खेलमा विराटनगरसँग २ विकेटले, दोस्रो खेलमा पोखरासँग १० विकेटले र तेस्रो खेल सुदूरपश्चिमसँग ४५ रनले पराजित भएको थियो ।

लुम्बिनी लिगमा पहिलो जितको खोजीमा छ । दिउँसो सवा १ बजे हुने दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोज् भिड्दैछन् । सुदूरपश्चिम अघिल्ला तीनै खेल जितेर अंक तालिकाको शीर्षस्थानमा छ ।

उसले पहिलो खेल विराटनगरलाई ९० रनले, दोस्रोमा कर्णालीलाई ७३ रनले र तेस्रो खेलमा लुम्बिनीलाई ४५ रनले पराजित गरेको थियो । चितवन राइनोजले तीन खेल खेलेकोमा १ खेल मात्रै हारेको छ ।

चितवनले पहिलो खेलमा काठमाडौंलाई ५ विकेटले र दोस्रो खेलमा पोखरालाई ८७ रनले पराजित गरेको थियो । तेस्रो खेलमा भने कर्णालीसँग ६ विकेटले पराजित भएको थियो । जनकपुरमा आशिफ शेख, लुम्बिनीमा रोहित पौडेल, चितवनमा कुशल मल्ल र सुदूरपश्चिममा दिपेन्द्रसिंह ऐरी मार्की खेलाडी छन् ।

प्रतिक्रिया दिनुहोस्