Logo
Logo

‘दमक बिजनेस कम्प्लेक्स’ उद्घाटन गर्न झापा जाँदै प्रधानमन्त्री


315
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज गृहजिल्ला झापा जाँदैछन् । दमक नगरपालिका–३ दापगाछीमा एक अर्ब ४५ करोड रूपैयाँको लागतमा निर्माण गरिएको १८ तले भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली झापा जाने भएका हुन् ।

‘दमक बिजनेस कम्प्लेक्स’ नामकरण गरिएको उक्त भवन चिनियाँ निर्माण कम्पनी जेडसीजीआईआईसी र आशिष ओम साइराम कम्पनीले संयुक्त रूपमा बनाएका हुन् ।

सरकारले विकास समितिमार्फत भवन सञ्चालनको तयारी गरेको छ । व्यापारिक प्रयोजनका निम्ति भवन उपयुक्त रहेको सहरी विकास तथा भवन निर्माण आयोजनाका इन्जिनियर भूपेन्द्र यादवले बताए ।

उक्त भवन निर्माणको शिलान्यास पाँच वर्षअघि प्रधानमन्त्री ओलीले नै गरेका थिए । यसैबीच, प्रधानमन्त्री ओलीले मेचीनगर – ४ बाहुनडाँगीस्थित मानव आश्रम भवनको पनि आज नै उद्घाटन गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्