काठमाडौं । धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमाललाई थप उपचारका लागि दिल्लीको म्याक्स अस्पतालमा भर्ना गरिएको छ । उनकी छोरी आर्जुले सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिएकी हुन् । उनका अनुसार डाक्टर विकास रिजाल आफैँले सबै कुराको सुपरिवेक्षण गरिरहेका छन् ।
उनले लेखेकी छिन्, ‘मलाई मेरो देश र मेरो शहर मनपर्छ । म चाहन्छु कि हामीसँग राम्रो स्वास्थ्य सेवा प्रणाली होस् । हामीले स्वास्थ्य सेवाको खोजीमा लामो दुरीको यात्रा गर्नु दुखको कुरा हो ।’
शुक्रबार राति श्वास फेर्न र मस्तिष्कमा समस्या देखिएपछि धनगढीस्थित माया मेट्रो अस्पतालमा भर्ना गरिएका उनबको त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि नयाँ दिल्ली रेफर गरिएको थियो ।