Logo
Logo

लमजुङ कारागारमा कैदी र थुनुवाबीच झडप, तीन जना घाइते


378
Shares

काठमाडौं । लमजुङको बेंसीसहरस्थित जिल्ला कारागारका कैदी र थुनुवाबीच झडप हुँदा ३ जना घाइते भएका छन् । शनिबार राति ७ बजेतिर दुई पक्षबीच भएको झडप छुट्याउने क्रममा कैदीहरु चिजकुमार श्रेष्ठ, सन्दीप श्रेष्ठ र दीपक सुनार घाइते भएका हुन् ।

कारागारका चौकीदार र झडपमा संलग्न ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । झडपमा संलग्न कैदीहरु अमल घले, श्रीकृष्ण चिलुवाल र देव गुरुङ साथै थुनुवाहरु मौलादिन मिया, तेज गुरुङ र चौकीदार खुसीराम मग्रातीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी प्रमुख डीएसपी निशान्त श्रीवास्तवले बताए ।

कैदी–थुनुवाबीच चौकीदारको कामकारबाहीप्रति असन्तुष्टि जनाउँदै एक अर्काप्रति आरोप–प्रत्यारोप हुँदा झगडा भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी श्रीवास्तवले बताए ।

प्रतिक्रिया दिनुहोस्