काठमाडौं । सप्तरीको गजेन्द्र नारायण सिंह सगरमाथा अस्पतालका एक कर्मचारी झ्यालमा डोरीले बाँधेको अवस्थामा मृत भेटिएका छन् ।
राजविराजस्थित जिल्ला खेलकुद विकास समिति परिसरको भवनको झ्यालमा बाँधिएको अवस्थामा गजेन्द्र नारायण सिंह सगरमाथा अस्पतालको टिकट काउन्टरमा कार्यरत अन्दाजी ४५ वर्षीय सुधीर कुमार झा झ्यालमा डोरीले बाँधेको अवस्थामा मृत भेटिएका हुन् ।
सप्तरीका प्रहरी प्रवक्ता डिएसपी जितेन्द्र कुमार बस्नेतका अनुसार मृतक झाका दुवै खुट्टाले भुईं टेकेको देखिन्छ भने उनको घाँटीको डोरी झ्यालको रडमा बाँधिएको छ । कसैले हत्या गरेर झाको शव झ्यालको रडमा बाँधेर छाडेको हुनसक्ने अनुमान प्रहरीको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।