काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको हो ।
महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४९ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदी तोलामा २५ रुपैयाँ घटेर एक हजार ८६५ रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।