Logo
Logo

सुदूरपश्चिमविरुद्ध पहिले ब्याटिङमा चितवन


252
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको दोस्रो खेलमा चितवन राइनोजले पहिले ब्याटिङ गर्ने भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवनका कप्तान कुशल मल्लले टस जितेर सुदूरपश्चिम रोयल्सविरुद्ध पहिले ब्याटिङ गर्ने निर्णय गरेका हुन् ।

सुदूरपश्चिमले तीन वटै खेल जितेर अपराजित छ भने चितवन २ खेलमा जित र एक खेलमा पराजित छ । आजको खेल जित्दै चितवन पनि प्लेअफको सम्भावना बलियो बनाउन चाहन्छ ।

यसअघि चितवनले पोखरा र काठमाडौँलाई पराजित गरेको थियो। कर्णालीसँग पराजित भएको थियो । एनपीएलमा सुदूरपश्चिम र जनकपुर अपराजित छन् । जनकपुरले लगातार चार खेल जितेको छ ।

चितवनले आजको खेलमा अघिल्लो खेलबाट २ खेलाडी परिवर्तन गरेको छ । शरद भेषावकरको स्थानमा रन्जीत कुमार र लुक वेनकेस्टाइनको स्थानमा हसन इसाखिललाई मौका दिएको छ । यता सुदुरपश्चिमले वसन्त खत्रीको स्थानमा दिलप्रित सिंहलाई सुरुवाती ११ मा ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्