Logo
Logo

रविलाई थप चार दिन हिरासतमा राख्न अदालतको अनुमति


693
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

आज कास्की जिल्ला अदालतमा उनलाई म्याद थपका लागि प्रस्तुत गरिएको थियो । छैँटौपटक अदातल उपस्थित गाइएको रविलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिइएको हो ।

पूर्वगृहमन्त्री समेत रहेका रविलाई पर्सा लाने प्रहरीको तयारी छ । लामिछानेसहित तीनजनालाई पक्राउ गर्न पर्सा अदालतले अनुमति दिइसकेको छ ।

वीरगञ्ज महानगरपालिका ६, आदर्शनगरमा सञ्चालित सानो पाइला बचत तथा ॠण सहकारी संस्थाबाट अवैध तबरले गोर्खा मिडिया नेटवर्क प्रालिमा ८ करोड ५८ लाख ४४ हजार रूपैयाँ प्रवाह गरिएको थियो । उक्त सहकारीका अध्यक्ष जीवी राई हुन् ।

सहकारी ठगीमा उक्त गिरोहमाथि अनुसन्धान गर्ने पर्सा पाचौं जिल्ला हो । यसअघि उनीहरूमाथि कास्की, रुपन्देही, काठमाडौं र चितवनका विभिन्न सहकारी ठगीमा अनुसन्धान चलिरहेको छ ।

प्रहरीले रविमाथि सहकारी ठगी, संगठित अपराध, सम्पत्ति शुद्धीकरण लगायतका मुद्दामा अनुसन्धान गरिरहेको छ । अनुसन्धान अधिकारीलाई सम्पत्ति शुद्धीकरणमा ९० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउने कानुनी प्रावधान छ ।

पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा बचतकर्ताले राखेको रकम अवैध रूपमा गोर्खा मिडिया प्रालिमा लगेको भन्दै ग्यालेक्सी टेलिभिजनका पूर्व सञ्चालक तथा प्रबन्ध निर्देशक समेत रहेका लामिछानेलाई कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्