काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टीको महासचिवमा मोहन वैद्य किरण सर्वसम्मत निर्वाचित भएका छन् । आइतबार सम्पन्न एकता महाधिवेशनबाट वैद्य महासचिवमा सर्वसम्मत निर्वाचित भएका हुन् ।

एकता महाधिवेशनले पहुपदीय व्यवस्था खारेज गरेपछि उनी फेरि महासचिवमा निर्वाचित भएका हुन् । वैद्यलाई सन्तबहादुर नेपालीले महासचिवमा प्रस्ताव गरेका थिए । हेमन्तप्रकाश ओलीले समर्थन गरेका थिए । वैद्य आगामी पाँच वर्षका लागि महासचिव बनेका हुन् ।
बन्दसत्रले ११७ सदस्यीय केन्द्रीय समिति रहने साङ्गठनिक प्रतिवेदन समेत पारित गरेको छ । मङ्सिर १३ गतेदेखि २३ गतेसम्म भएको महाधिवेशनमा देशभरबाट ५५० प्रतिनिधि सहभागी भएका थिए ।











