Logo
Logo

रविको बयान- रातारात अपहरण शैलीमा पोखरा ल्याइयो


378
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूलाई रातारात अपहरण शैलीमा पोखरा लगिएको बताएका छन् । आइतबार कास्की जिल्ला अदालतमा बयानका क्रममा उनले आफूलाई रातारात अपहरण शैलीमा पोखरा ल्याइएको बताएका हुन् ।

‘चितवनमा बयान सकेर भोलिपल्ट बिहान लगिने भनिएकोमा राति नै उठाएर ल्याउने काम भयो । भन्नलाई त मलाई पोखरा पुर्याएर चितवन लैजाने भनिएको थियो । तर, रातारात निर्णय परिवर्तन भएर चितवन लगिएको रहेछ,’ उनले बयानमा भनेका छन ।

साथै उनले चितवनमा बयान हुँदा आफूलाई टाउको दुखिरहेको र डीएसपी/एसपीकै अगाडि औषधि खाएको पनि बताएका छन् ।

‘जिल्ला प्रहरी कार्यालय, चितवन पुगेपछि मेरो स्वास्थ्य परीक्षण गराउनु पर्थ्यो । तर, त्यहाँ मैले कुनै अस्पताल देखिन, परीक्षण त परको कुरा ! चितवन पुर्याएकै दिन बयान सुरु भयो,’ उनले भनेका छन्, ‘टाउको दुखिरहेको थियो । तर पनि बयान दिएँ । भोलिपल्ट पनि बिहानबाटै बयान भयो । बिहान करिब साँढे ८ बजेबाट राति ९ बजेसम्म बयान भयो । दोस्रो दिन पनि टाउको दुखेको निको भएको थिएन, मैले एसपी÷डीएसपीकै अगाडि औषधि खाएको थिएँ । गाह्रो हुँदा पनि बयानमा सहयोग गर्दिनँ भनिनँ । ’

प्रतिक्रिया दिनुहोस्