काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक भोलि (मंगलबार)बस्दैछ । बैठक पार्टी कार्यालय च्यासलमा अपराह्न ४ बजे बस्ने भएको हो ।
बैठकमा पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण र स्थानीय तहको उपनिर्वाचानको समीक्षा गरिने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
त्यस्तै पछिल्लो राजनीतिक घटनाक्रम र पार्टीको आन्तरिक कार्यक्रमबारे छलफल हुने उनले बताए ।