Logo
Logo

आज दुईवटा संसदीय समितिको बैठक बस्दै


441
Shares

काठमाडौं । संघीय संसदअन्तर्गत आज सोमबार दुई वटा संसदीय समितिको बैठक बस्दैछ । संसद सचिवालयका अनुसार विधायन व्यवस्थापन समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्ने भएको हो ।

आज बिहान ११ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि सैद्धान्तिक छलफल हुनेछ ।

त्यस्तै, दिउँसो १ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० माथि छलफल हुने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्