Logo
Logo

रविलाई आज काठमाडौं हुँदै वीरगन्ज लैजाने तयारी, छविलाई हिजै लगियो


1.7k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई काठमाडौं हुँदै पर्सा लगिने भएको छ । सानो पाइला सहकारीको रकम गोर्खा मिडियामा गएको देखिएपछि कास्की प्रहरीले अनुसन्धानका लागि लामिछानेलाई आज पोखराबाट काठमाडौं हुँदै वीरगन्ज पठाउन लागेकाे हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी श्यामबाबु ओलियाका अनुसार रविलाई बुद्ध एयरको उडानबाट काठमाडौं ल्याइने छ । त्यसपछि उनलाई आजै सिमराको उडानबाट वीरगन्ज पठाइने छ ।

२ कात्तिकमा काठमाडौंबाट पक्राउ परेका लामिछाने हाल कास्की प्रहरीको हिरासतमा छन् । सहकारीको रकम हिनामिना प्रकरणमा पक्राउ परेका गोर्खा मिडियाका पूर्व सञ्चालक छविलाल जोशी र रामबहादुर खनाललाई भने हिजो बेलुका नै गाडीको बाटो हुँदै पोखराबाट पर्सा लगिएको छ ।

आज जिल्ला सरकारी वकिलको कार्यालयमा उनीहरुको बयान लिइने छ । त्यसपछि पुनः पोखरा नै फर्काइने छ ।लामिछानेसहित १४ जनाविरुद्ध १९ मंसिरमा पक्राउ पुर्जी जारी भएकाे थियाे। गोर्खा मिडिया नेटवर्कमा पाँच वटा सहकारीबाट ६५ करोड ५४ लाख अवैध तरिकाले आएको सूर्य थापा नेतृत्वको संसदीय छानबिन समितिको निष्कर्षका आधारमा अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्