काठमाडौं । कीर्तिपुर नगरपालिकाले भोलि (मंगलबार) सार्वजनिक बिदा दिएको छ । नगरपालिकाको आइतबार बसेको बैठकले मंगलबार नगरपालिकामा बिदा दिने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद ढकालले जानकारी दिए ।
उनका अनुसार स्थानीय परम्परा अनुसार लाग्ने सातगाउँले (न्हेगाँ) जात्राको अवसरमा भोलि पालिकाभर सार्वजनिक बिदा दिइएको हो ।