Logo
Logo

सुनितालाई गण्डकीको सांसद बनाउने कांग्रेसको निर्णय


4k
Shares

काठमाडौं । नेपाली कांग्रेसले स्याङ्जाकी सुनिता थापालाई गण्डकी प्रदेशसभा सदस्य बनाउने निर्णय गरेको छ । आज (सोमबार) बसेको कार्यसम्पादन समितिको बैठकले समानुपातिकतर्फको रिक्त गण्डकी प्रदेशसभा सदस्य पदमा थापालाई सिफारिस गर्ने निर्णय गरेको हो ।
्
प्रवक्ता प्रकाशशरण महतले रिक्त स्थानमा पदपूपर्तिका लागि निर्वाचनमा आयोगमा भएको बन्दसूचीको क्रमसंख्याअनुसार थापाको नाम आयोगलाई सिफारिस गर्ने निर्णय भएको जानकारी दिए । कात्तिक २९ मा गण्डकी प्रदेश सभा सदस्य विमला गौचनको मृत्यु भएपछि सो पद रिक्त थियो ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000