Logo
Logo

अर्थमन्त्री र अमेरिकी सहायक विदेशमन्त्रीबीच भेटवार्ता


315
Shares

काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुबीच भेटवार्ता भएको छ । मेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले अर्थ मन्त्रालय पुगेर मन्त्री पौडेलसँग भेटवार्ता गरेका हुन् ।

उनीहरुबीच भेटमा आर्थिक सहयोग, एमसीसी र यूएसएआईडीअन्तर्गतका परियोजनाको प्रभावकारी कार्यान्वयन, विकास वित्त, निजी क्षेत्रमा लगानीलगायत विषयमा छलफल भएको अर्थमन्त्रालयले जनाएको छ । अर्थमन्त्री पौडेलले नेपालमा राजनीतिक स्थायित्व कायम रहेको उल्लेख गर्दै नेपालमा अमेरिकी सहयोगलाई थप विस्तार गर्न आग्रह गरे ।

अमेरिकी सहायक विदेशमन्त्री लुले दक्षिण एसियाका केही देश आर्थिक रूपमा समस्यामा परेको उल्लेख गर्दै नेपालले आर्थिक वृद्धि र स्थायित्व कायम गर्न सफल भएकोमा खुशी व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्