Logo
Logo

रवि लामिछाने काठमाडौं विमानस्थलमा अवतरण


1.5k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पोखराबाट काठमाडौँ विमानस्थलमा ल्याइएको छ । पर्साको सानोपाइला सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा पनि पक्राउ पूर्जी जारी भएकाले हवाईमार्गबाट पर्सा लैजान उनलाई काठमाडौं विमानस्थल ल्याइएको हो ।

काठमाडौं विमानस्थलबाट उनलाई साढे २ बजेको उडानमार्फत सिमरा पठाइने छ । सिमराबाट भने स्थलमार्ग हुँदै वीरगन्ज पुर्याइने मधेस प्रदेशका डीआईजी लालमणि आचार्यले जानकारी दिए ।

पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम, काठमाडौंको स्वर्णलक्ष्मि, चितवनको सहारा सहकारीको रकम गोर्खा मिडियामा गएको देखिएपछि प्रहरीले उनीमाथि अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्