काठमाडौं । नेकपा( माओवादी केन्द्र)का अधयक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभालाई सकेसम्म धकेल्ने प्रयास सरकारले गरिरहेको सूचना आफूले पाएको बताएका छन् ।

सोमबार राष्ट्रिय कर्मचारी महासंघको स्थापना दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘यो सरकारले प्रतिनिधिसभा सकेसम्म धकेल्न बल गर्दैछ भन्ने हामीलाई सूचना प्राप्त छ ।’
त्यस्तै, अध्यक्ष प्रचण्डले आवश्यक परेको खण्डमा आफूहरू विशेष अधिवेशन बोलाएर संघर्ष सुरु गर्ने पनि बताए । उनले थपे, ‘हामीले जरुरि पर्यो भने विशेष अधिवेशन बोलाएर संघर्षको सुरुवात सदनबाट गरिनेछ । एजेन्डा सेट सदनबाट गरिनेछ । ती एजेन्डाको आधारमा सडकमा लाखौं जनतासँग मिलेर प्रतिक्रियावादीको तमाम षड्यन्त्र चकनाचुर पार्नसक्ने तागत हामीसँग छ । हामी प्रतिपक्षी जति सबैले त्यो अठोट लिएका छौं ।’














