Logo
Logo

बलात्कार आरोपमा एमाले नेता एवं बिर्तामोडका पूर्वमेयर पक्राउ


21.2k
Shares

काठमाडौं । बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा झापाको बिर्तामोड नगरपालिकाका पूर्व नगरप्रमुख ध्रुवकुमार शिवाकोटी पक्राउ परेका छन् ।

प्रहरीका अनुसार झापाको काँकडभिट्टाबाट उद्दार गरिएकी १७ वर्षीया बालिकाको बयानका आधारमा शिवाकोटीलाई सोमबार पक्राउ गरेको हो । घरको काम गरिदिने र पढाइदिने शर्तमा उनलाई घरेलु कामदार राखिएको खुलेको छ ।

उनी कलेज ड्रेसमै काँकडभिट्टाबाट भारत जान खोज्दै गर्दा नाकामा रहेको आफन्त नेपालको सहयोगमा प्रहरीले उद्दार गरेको हो । बालिकाले घटनाका बारेमा सुनाएपछि प्रहरीले शिवाकोटीलाई पक्राउ गरिएको हो ।

०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट बिर्तामोड नगरपालिकाको प्रमुखमा निर्वाचित भएका शिवाकोटीमाथि करणी आरोपको विषयमा अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्