Logo
Logo

कोशीको अध्यक्षमा प्रेस युनियन र चौतारीको संयुक्त प्यानलबाट खड्का उम्मेदवार


1.4k
Shares

काठमाडौं । नेपाल पत्रकार महासंघ कोशी प्रदेश समितिको अध्यक्षमा प्रेस चौतारी नेपाल र नेपाल प्रेस युनियनको संयुक्त प्यानलबाट भरत खड्काले मनोनयन दर्ता गराएका छन् ।

पत्रकार महासंघ उदयपुर जिल्ल्लाका निवर्तमान अध्यक्ष समेत रहेका खड्काले सोमबार प्रेस चौतारी नेपाल र नेपाल प्रेस युनियनको संयुक्त प्यानलबाट मनोनयन दर्ता गराएका हुन् । खड्काले उम्मेदवारी दर्ता गर्दै भनेका छन्, ‘सबै अग्रज, सहकर्मीको साथसहयोग, आशिर्वादले नेपाल पत्रकार महासंघ कोशी प्रदेश समितिको अध्यक्ष पदमा प्रेस चौतारी नेपाल र नेपाल प्रेस युनियनको संयुक्त प्यानलबाट उम्मेदवार दर्ता गरेको छु । मलाई बिश्वास छ पत्रकार महासंघलाई व्यवसायिक र श्रमजीवि पत्रकारहरुको थलोको रुपमा स्थापित गराउन यहाँहरुको अमुल्य योगदान रहने छ । अन्तमा: मंसिर २८ हजुरहरुको मतको प्रतिक्षामा सयुक्त प्यानल रहनेछ ।’

महासङ्घको निर्वाचनयही मङ्सिर २८ गते हुँदैछ । प्रदेशको कार्यसमितिको अध्यक्ष पदका लागि खड्कासहित विवेक गौतम र सन्तवीर लामाले उम्मेदवारी दर्ता गराएका छन् । यसै गरी उपाध्यक्षमा कुमोद अधिकारी र शिवप्रसाद ढुंगानाको उम्मेदवारी परेको छ। महिला उपाध्यक्षमा अम्बिका भण्डारी र रीता मोक्तान, महासचिवमा अमृतकुमार बाँस्तोला, राजेन्द्रकुमार राई (चाम्लिङ्ग) र हिमाकुमारी चेम्जोङ्गको उम्मेदवारी परेको छ ।

खुल्ला सचिवमा ध्रुव भट्टराई (सूर्यबहादुर) र बाबुराम कार्कीले उम्मेदवारी दिएका छन् भने समावेशी सचिवमा अरविन्दकुमार मेहता र गजेन्द्र राईको उम्मेदवारी परेको छ ।

कोषाध्यक्षमा किशोर बुढाथोकी, बाबुराम भण्डारी, मोहन भट्टराई र सुदीप कोइरालाको उम्मेदवारी परेको छ। यसै गरी खुल्ला सदस्यमा विवेक रेग्मी, इन्द्र गिरी, ईश्वरकुमार मगर, चन्द्रबहादुर कार्की, चुडामणि तिम्सिना, पर्शुराम थापा, मनोजकुमार दाहाल, राजकुमार ओली र रामधन राईको उम्मेदवारी परेको छ ।

प्रतिक्रिया दिनुहोस्