
काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ छ । बैठक आज दिउँसो ४ बजे केन्द्रीय पार्टी कार्यालय च्यासलमा बस्ने भएको हो ।
बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण र बीआरआई सम्झौताका विषयमा छलफल हुने कार्यालय सचिव डा भीष्मराज अधिकारीले जानकारी दिए ।
त्यस्तै स्थानीय तह उपनिर्वाचन लगायत समसामयीक राजनीतिक विषयमा पनि समीक्षा गरिने छ ।














