Logo
Logo

आज भरतपुरमा माओवादीको खबरदारी सभा, प्रचण्डले सम्बोधन गर्ने


441
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले आज चितवनको भरतपुरमा विशाल खबरदारी सभा गर्दै छ । बेथिति, भ्रष्टाचार, महँगी र सरकारको जनविरोधी कदमका विरुद्ध माओवादीले खबरदारी सभा गर्न लागेको हो ।

खबरदारी सभालाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको आयोजक नेकपा माओवादी केन्द्र भरतपुर महानगर समितिले जनाएको छ ।

खबरदारी सभामा महानगरका २९ वडाबाट आउने विशाल जुलुस भरतपुरको २४ कोटीमा भेला हुने कार्यक्रम तय गरिएको महानगर समितिका अध्यक्ष ईश्वर सापकोटा सुमनले बताए ।

प्रतिक्रिया दिनुहोस्