
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा आजको पहिलो खेलमा लुम्बिनी लायन्सले पहिले ब्याटिङ गर्ने भएको छ ।
कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा हुने खेलमा चितवन राइनोजका कप्तान कुशल मल्लले टस जितेर बलिङ रोजेपछि
लुम्बिनीले ब्याटिङ गर्ने भएको हो ।
४ खेल खेलेको लुम्बिनी सबैमा पराजित छ । आजको खेल पनि गुमाएमा लुम्बिनीको प्लेअफ सम्भावना निकै कमजोर हुनेछ ।चितवन भने ४ खेलमा ३ जित र १ हारका साथ अंक तालिकाको तेस्रो स्थानमा छ ।














