Logo
Logo

सरकारी वकिलको कार्यालय पर्सामा रविको बयान जारी


126
Shares

काठमाडौं । सहकारीको रकम अपचलन सम्बन्धी कसुरमा अनुसन्धानका लागि पर्सा पु¥याइएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान सुरु भएको छ ।

सानो पाइला बचत सहकारीको झन्डै एक अर्ब ३५ करोड रुपैयाँ हिनामिना विरुद्ध उजुरी परेपछि सरकारी वकिलको कार्यालय पर्सामा केहि बेरअघि उनको औपचारिक बयान सुरु भएको हो ।

बयान सकिएपछि लामिछानेलाई फेरि कास्की पठाउने जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेलाई हिजो हवाई मार्ग हुँदै काठमाडौँ ल्याई सिमरा पु¥याइएको थियो ।

त्यहाँबाट लामिछानेलाई गाडीमा वीरगन्ज लगिएको थियो । लामिछानेलाई पर्सा लग्ने जानकारी पाएपछि उनका समर्थकहरूले सिमरामा प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्