Logo
Logo

रविलाई मानसिक तनाव दिनकै लागि विभिन्न ठाँउमा घुमाएको सुनिल शर्माको दावी


1.3k
Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्माले रास्वपाका सभापति रवि लामिछानेविरुद्ध सरकारले अमानवीय व्यवहार गरेको बताएका छन् ।  

मङ्गलवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सांसद शर्माले लामिछानेविरुद्ध सरकारले गरेको अमानवीय व्यवहार लोकतन्त्र विपरीत भएको भन्दै भर्त्सना समेत गरे ।

उनले ८–१० दिनमा अदालतमा बुझाउनुपर्ने मुद्दामा मानसिक तनाव दिनकै लागि लामिछानेलाई विभिन्न ठाँउमा घुमाएको जिकिर गरे । उनले तीन दिनभित्र रवि लामिछानेको केस अदालतमा पेस गर्न प्रधानमन्त्री, गृहमन्त्रीसँग आग्रह गरे ।  .

सांसद शर्माले कांग्रेस सरकारमा नरहेका बेला सदनमा बोलाएर जीबी राईलाई किन पक्राउ नगरेको भनेर नारा लगाउन लगाउने व्यक्ति आफै गृहमन्त्री हुँदा पनि जीबी राईलाई पक्राउ गर्न नसकेको जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस्