Logo
Logo

जनताले चाहेजस्तो संघीयताका लागि सङ्घर्ष गर्ने  क्रान्तिकारी कम्युनिस्ट पार्टीको निर्णय 


1.6k
Shares

काठमाडौं । मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले जनताले चाहे जस्तो संघीयताका लागि सङ्घर्ष गर्ने निर्णय गरेको छ ।  

हालै काठमाडौँमा सम्पन्न पार्टीको एकता महाधिवेशनका निर्णय सार्वजनिक गर्न मङ्गलवार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै सो पार्टीले अहिलेको संघीयता जनताले मागे जस्तो नभएकाले जनताको संघीयता स्थापित गर्नका लागि सङ्घर्षमा जाने निर्णय गरिएको जनाएको हो ।

पहिचानसहितको संघीयता अहिलेको आवश्यकता रहेको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका नेता सिपी गजुरेलले जानकारी दिए । उनले प्रदेश सरकारले काम गर्न नसकेकाले संघीयताका बारेमा भ्रम छर्ने काम भएको बताए ।

उनले  अहिले मुलुकमा संकटै संकट रहेकाले यसलाई समाधान गर्न आफूहरू नयाँ शक्तिका साथ विकल्पको रूपमा अघि बढ्ने गजुरेलले उल्लेख गरे ।  

महाधिवेशनले पूर्ण केन्द्रीय समिति ११७ जनाको र ९५ जनाको वैकल्पिक केन्द्रीय सदस्य राख्ने, केन्द्रीय परिषद् समेत बनाउने निर्णय गरेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्