Logo
Logo

ओलीको किन गरिरहेका छन् आफ्नै कार्यकालको ‘काउन्टडाउन’ ? 


5.9k
Shares

काठमाडौं । संसदका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेले सत्ता सहकार्यको पाँच महिना चलिरहेको छ । तर, प्रधानमन्त्री केपी शर्मा ओलीले भने बारम्बार सरकारको स्थायित्वमाथि टिप्पणी गर्दै कांग्रेसलाई आश्वस्त पार्ने कोसिस गरिरहेका छन् ।

सबैभन्दा ठूलो दल कांग्रेसको साथ पाउँदा झण्डै दुईतिहाइ बहुमतसहित सरकारको नेतृत्व गर्ने अवसर ओलीलाई छ । तर,  सबैलाई चकित पार्ने गरी सहमतिअनुसार कांग्रेस सभापति देउवालाई पटक–पटक सत्ता हस्तान्तरणको समयसीमा तोकेर ओलीले आफ्नै कार्यकालको ‘काउन्टडाउन’ गरिरहेका छन् ।

प्रधानमन्त्री ओलीले पाँच महिनामा सार्वजनिक रूपमा सात पटक कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने बताइसकेका छन् । सत्ता तलमाथि हुँदैन भन्ने सन्देश दिनकै लागि मंसिर ७ गते एमालेले काठमाडौंमा जागरण सभा गरेको थियो । सभामा ओलीले कांग्रेस–एमाले समीकरण २०८४ सम्मै जाने दाबी गर्दै कांग्रेस सभापति देउवा र आफूबिच १८÷१८ महिना सत्ता साझेदारी हुने समेत प्रस्ट्याएका थिए । 

१८ महिना चलाउँछु भनेका ओलीले १८ दिन नबित्दै फेरि उही सत्ता साझेदारीको कुरा दोहो¥याए । गत बिहीबार चीन भ्रमणबाट फर्किएका बेला विमानस्थलमै प्रधानमन्त्री ओलीले डेढ वर्षपछि देउवा प्रधानमन्त्री बन्ने बताए । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूले प्रधानमन्त्रीको कार्यकाल कति लम्बियो भनेर सोधेका थिए । सो प्रश्नको जवाफ दिने क्रममा ओलीले १८ महिना आफूले सरकार चलाउने बताउँदै भने, ‘त्यसपछि शेरबहादुर देउवाजीलाई मैले हस्तान्तरण गर्छु । उहाँले डेढ वर्ष चलाउनुहुन्छ, चुनाव गराउनुहुन्छ ।’

सोमबार झापाको गौरादह नगरपालिका वडा न ४ र ५ अन्तर्गतको जग्गाधनी दर्ता प्रमाणपूर्जा वितरण सुरु गर्दै प्रधानमन्त्री ओलीले कांग्रेस र एमालेबीचको सहमतिअनुसार अबको १८ महिनापछि कांग्रेस सभापति देउवालाई सत्ता हस्तान्तरण गर्ने प्रतिबद्धता पनुः दोहो¥याए । 

प्रधानमन्त्री ओलीले अस्वाभाविक रूपमा किन सत्ता हस्तान्तरणको विषयमा दोहो¥याएका छन् ? यो राजनीतिक वृतमा बसहको विषय बनेको छ । अंकगणितको बलियो साथ हुँदाहुँदै बारम्बार प्रधानमन्त्रीको अभिव्यक्ति आउनुका पछाडि स्थायित्वमा आशंका थपिएको छ । विपक्षी सरकार ढाल्ने संगठित प्रयास र चलखेलमा नदेखिए पनि उनको बारम्बारको अभिव्यक्तिले सत्तापक्षभित्रै अविश्वास, आशंका र खटपटको संकेत देखिएको छ ।

यतिमात्रै नभई कांग्रेसमा बढ्न थालेको आन्तरिक विवाद, भूराजनीतिक परिस्थिति र ओलीको हतासपूर्ण अभिव्यक्तिले समेत सरकार ढल्ने आशंका बलियो बन्दै गएको छ । पछिल्लो राजनीतिक परिवेश हेर्दा कांग्रेस राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाप्रति आक्रामक देखिन्छ । यही परिस्थिति बुझेका ओलीले सत्ता जोगाउन कांग्रेसलाई थप रिझाउने रणनीति अनुसार रवि लामिछानेमाथि अनेकन कटाक्ष र टिप्पणी गर्ने शैली प्रस्तुत गरिरहेका छन् ।

ओलीले मात्रै होइन, कांग्रेसले संस्थागतरूपमा र सभापति शेरबहादुर देउवाले पनि सार्वजनिक भाषणका क्रममा पटक–पटक एमालेसँगको सत्ता सहयात्रा सहजै अगाडि बढ्ने दाबी गर्दै आएका छन् । 

दुई ठूला दल मिलेर बलियो सरकार बनेको बेला सरकारले ढुक्काले काम गर्नुपर्ने हो । तर, प्रधानमन्त्री ओली आफै र सत्तारुढ दलको नेताहरूबाटै यस्तो अभिव्यक्ति बारम्बार आउनुले सात्ता गठबन्धनभित्र खटपट सुरु भएको आशंका बढाएको छ । यसले कांग्रेस–एमाले मिलेर बनाएको वर्तमान सरकार कहिलेसम्म टिक्ला ? भन्नेमा प्रश्न समेत उठेको छ । 

प्रतिक्रिया दिनुहोस्