Logo
Logo

महिला हिंसा अन्त्य गर्न विद्यालयस्तरबाट नै शिक्षा दिनुपर्छः उपसभामुख


189
Shares

काठमाडौँ । प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानामगरले महिला हिंसा अन्त्य गर्न विद्यालयस्तरबाट नै शिक्षा दिनुपर्ने बताएका छन् ।

महिला हिंसाविरुद्धको ३३ औँ अन्तर्राष्ट्रिय १६ दिने अभियानअन्तर्गत आज राष्ट्रिय महिला आयोगले आयोजना गरेको ‘खबर गरौँ ११४५ हेल्पलाइन सेवा’ को सातौँ वार्षिकोत्सव तथा आठौँ स्थापना दिवस समारोहमा उनले लैङ्गिक हिंसा कम गर्न कानुन कडा बनाएर मात्र नहुने भन्दै विद्यालयस्तरबाट नै यससम्बन्धी शिक्षा प्रदान गरिनुपर्ने आवश्यकता औँल्याएका हुन् ।

‘मान्छे शिक्षित हुँदै गए पनि हिंसामा भने कमी आएको देखिँदैन । छोरा र छोरी दुवैले एक अर्कालाई सम्मान गर्न सिकाउनुपर्छ । कुनै पनि आधारमा हिंसा गर्नुहुँदैन भनेर घर र विद्यालयबाटै सिकाउन आवश्यक छ’, उनले भने ।

आयोगका अध्यक्ष कमलाकुमारी पराजुलीले आयोगको अभियानमा सहयोग गर्ने सम्पूूर्णलाई धन्यावाद दिँदै महिलामाथि हुने हिंसा न्यूनीकरणमा आगामी दिनमा पनि थप सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै आयोगकी सचिव पार्वती अर्यालले हेल्पलाइन सेवालाई हिंसापीडित महिलाको लागि थप पहुँचयोग्य र प्रभावकारी बनाउने अबको लक्ष्य रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्